भोजपुर : बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए । त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमा देखिए ।
त्यसैबेला गोलीको अर्को आवाज सनियो । त्यसबारे विजय अझै खुलेर बताउन सक्दैनन् । उनी मात्र होइन, भोजपुर बजारवासी कोही पनि खुला ठाउँमा सुनेरदेखेका कुरा गर्दैनन्रगर्न चाहँदैनन् । प्र्र्तिबन्धित नेकपा (विप्लव समूह) का कार्यकर्ता र प्रहरीबीच बुधबार भएको मुठभेडपछि सदरमुकाममा छाएको सन्नाटा कायमै छ ।
कसैले केही कुरा गर्न खोज्यो भने सदरमुकामवासी केही थाहा नभएको भन्दै तर्किन्छन् । ‘को विप्लव, को प्रहरी, चिन्न सकिँदैन,’ विजय भन्छन्, ‘बेकारमा फसिन्छ । बरु त्यो घटनाबारे नबोल्नु नै बेस ।’ नागरिक दैनिकबाट