पथरी: खोलाको वगरमा वाधिएको गोरु कुटेको आरोपमा उर्लावारी प्रहरीले एक जनालाई पक्राउ गरि मुद्दा दर्ता गरेको छ ।
उर्लावारी १ का रमेश कार्की डोलीको गोरु कुटेर अङ्गभङ्ग पारेको आरोपमा सोही स्थान वस्ने प्रेम लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको हो । लिम्वुले असार २७ गते वक्राहखोलाको वगरमा चर्दे गरेको गोरु कुटेका थिए । उनलाई गोरु धनीको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

लिम्वुले गोरुलाई कोदालोले कुटेका थिए कुटपिट पछि गोरुको पछिल्लो भाग अङ्गभङ्ग भएको थियो । उनलाई मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा (१ ) बमोजिम गोरुलाइ कुटि अंगभंग कसुरमा सजाय हुने प्रहरीले वताएको छ ।