झापा : झापाको बाह्रदशी गाउँपालिका(३ चकचकीका २८ बर्षीय मोहमद रियाज नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार राती साढे ९ बजे रियाजलाई ४।५० ग्राम ब्राउनसुगर सहित बिर्तामोडबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका रियाजलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।