विराटनगर: प्रतिबन्धित लागूऔषधसहित मोरङ र झापाबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
मोरङको केरावारी गाउँपालिका १० बगैँचा चोकबाट प्रहरीले लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले ३ किलो गाँजासहित १८ बर्षीय गणेश तामाङ र जिग्री भुजेललाई पक्राउ गरेको हो ।सोमवार बिहानको राती करिब २ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा ३ किलो लागूऔषध गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ । दुवैलाई कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यस्तै, आईतवार साँझ ६: ४० बजे झापाको मेचीनगर नगरपालिका ६, भन्सार गेटअगाडीबाट खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लागूऔध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ६ सय मिलिग्राम खैरो हेरोईनसहित ईलामको सुर्योदय नगरपालिका १०फिक्कलका ३१ बर्षीय अमित लिम्बु र झापा बुद्धशान्ति गाउँपालिका ४ का २१ बर्षीय किशन बेगालाई पक्राउ गरको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६७ प १२८५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मुखमा हालेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको खैरो हेरोईन बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।