सुनसरी: बुधबार राती इनरुवा नगरपालिका ३ बाट मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक छन् । चोरीको मोटरसाइकलसहित भारत बिहार मध्यपुरा बसन्तपुर १५ का १९ बर्षीय ओम भन्ने एनिस कुमार चौधरी पक्राउ परेका छन् । उनीसँगै ईनरुवा ३ राजभर टोल का १९ बर्षीय बिपिन राजभर पनि समातिएका छन् । दुवै राती चोरी गरेको मोटरसाइकल लुकाउने उद्देश्यले डोर्याउदै लैजादै गर्दा आज बिहान करिब अढाई बजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती करिब पौने ९ बजेको समयमा इनरुवा ३ का अरुण कुमार चौधरीको को १८ प ७३६२ नम्बरको मोटरसाईकल चोरी भएको सुचना आएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली चोरी भएको स्थानतर्फ खटिएको थियो । चोरी भएको मोटरसाइकलको हुलिया लिएर खोजी गर्दा इनरुवा ३ स्थित महेन्द्र चौकबाट कुरुवा खोलातर्फ जाने बाटो राजभर टोलस्थित सडक किनारामा मोटरसाइकलसहित २ जना समातिएका थिए । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट ५ ९पाँच० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।