सुनसरी : भारत अररिया जिल्ला हासकोसा ग्रामपंचायत घर बताउने २० वर्षीय बिकेश कुमार राय १२ केजी लागुऔषध गाँजा सहित पक्राउ परेका छन् ।
आइतबार साँझ ७ बजे सुनसरी बर्जु गाउपालिका ३ केशलिया खोला छेउ नेपाल भारत जोडने बाटोमा चेकीङमा खटिएको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिई उनले बोकेको दुई वटा कालो ब्याग चेँकजाच गर्दा सिलप्याक गरेको १, १ केजीको १२ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै रायको साथमा भएको २ वटा मोवाईल समेत बरामद गरी लागूऔषध गाँजा मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतबाट १५ दिनको अनुमती लिई अनुसन्धान अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        