धरान: धरान उपमहानगरपालिका अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

धरान १३ पुर्वक्षेत्रीय प्रहरी स्कुलको बहुउद्देश्यीय हलमा आयोजित प्रतियोगितामा शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष डबल्सतर्फ रमेश राई र विशन गुरुङको जोडी विजेता भयो । फाइनलमा उनीहरुले विनोदकुमार पोखरेल र किसोर अधिकारीको जोडीलाई हराएको थियो । फाइनलमा राई र गुरुङको जोडीले २१–१४ र २१ –१७ सेटमा पोखरेल र अधिकारीको जोडीलाई हरायो ।

यस्तै, प्रतियोगितामा राजेन्द्र कुमार राई र शिशिर श्रेष्ठको जोडी तेस्रो भयो । यसैगरि, गणेशप्रसाद खतिवडा र शैलेश शाक्यको जोडी पनि तेस्रो भएको थियो । सोही प्रतियोगितामा महिला सिंगलतर्फ श्वेता राई प्रथम भइन् । उनले फाइनलमा लक्ष्मी तामाङलाई २१–४ र २१–५ को सेटमा पराजित गरिन् । यसैैगरी, कृष्णा जोशी र सुनिता कार्की तेस्रो भएकी थिइन् ।

badminton2

विजेताहरुलाई प्रमुख अतिथि एवं धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, धरान नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको पुरुष डबल्सतर्फ प्रथम स्थान भएकालाई १० हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुने खेलाडीहरुले ४ हजार नगद पुरस्कार पाए भने महिला सिंगलका विजेताले ४ हजार, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार ५ सय पाए ।

badminton