गाईघाट: नेपाल आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज)को प्रदे नं १ स्तरीय प्रथम महाधिवेशन उदयपुरको त्रियुगामा शुरु भएको छ ।
त्रियुगा नगरपालिका ९, राजाबासस्थित ओरेक नेपालको सभाहलमा महाधिवेशन शुरु भएको हो । महाधिवेशनको उद्घाटन प्रदेश १ मुख्यमन्त्री शेरधन राईले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा धरानका अग्रज पत्रकार हर्ष सुब्बासहित १० जना पत्रकारहरुलाई सम्मान गरिएको थियो । पत्रकारितामार्फत आदिबासी जनजातिहरुको हक,अधिकारमा पुर्याएको योगदानको कदरगर्दै अग्रज पत्रकारहरुलाई सम्मान गरिएको फोनिजले जनाएको छ ।
हर्ष सुब्बासँगै सम्मानित हुने अग्रज पत्रकारहरुमा धरानका गोपाल देवान, इटहरीबाट याम प्रधान, धनकुटाका सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, हिमा चेम्जोङ, इलामका सटेन्द्र जबेगु, झापाका रमेश समदर्शी, उदयपुरबाट कौशल चेम्जोङ र महेश्वर राईलाई पनि सम्मान गरिएको थियो । सम्मानित पत्रकारहरुलाई नगद ५ हजार, सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानितहरुलाई मुख्यमन्त्री राई, कार्यक्रमका अध्यक्ष दिपिन राई र फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सम्मान गरेका थिए । यस्तै, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई र गैससकी केन्द्रीय सदस्य महेश्वरी राईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम अहिले पनि जारी छ ।