धरान : धरान जेसीजको आयोजनामा बुधबार नेतृत्व विकास तालिम सम्पन्न भएको छ । जेसीज सप्ताह अन्तरगत आयोजित प्रतियोगितामा धरानका २१ वटा विद्यालयका ४३ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

नेपाल रेडक्रस सोसाईटी सुनसरी धरानको तालिम कक्षमा सम्पन्न तालिममा सहभागीहरुले धेरै जीवनउपयोगी कुराहरु सिक्न पाएको प्रतिकृया दिएका थिए । विश्वशान्तीको महान लक्ष्य बोकेर हिडेको अन्तराष्ट्रिय संस्था भएको र यसले युवाहरुलाई तालिमको माध्यमबाट नेतृत्व र व्यक्तित्वको विकास गरी समाज परिवर्तनमा अहम् भूमिका निर्वाह गर्दै आएको अध्यक्ष मनिष शाहीले बताए । धरान जेसीजले वार्षिक योजना बनाएर विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेको र समुदायमा आधारित भएर यो सप्ताहव्यापि कार्यक्रम आयोजना गर्ने गरेको कार्यक्रम संयोजक रिमा थापा मगरले जानकारी गराए ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत साईकल र्याली, दन्त शिविर, हेल्दी बेबी प्रतियोगिता, फुटसल नेतृत्व विकास तालिम र ४४ वार्षिक उत्सव सहित समापन समारोहको आयोजना गरिएको सप्ताहका मूल संयोजक दिपेन्द्र श्रेष्ठले बताए ।