सुनसरी : सुनसरीको ईटहरी उपमहानगरपालिका ४ बस्ने देवि प्रसाद सापकोटाको कम्पाउण्डभित्र पार्किङ गरी राखेको को १७ प ९०२४ नम्बरको मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा १ जना पक्राउ परेका छन् ।

बुधबार राती १२ बजेको समयमा धरान १५ बस्ने बर्ष २६ को सुमित मगरले उक्त मोटरसाइकललाई ठेल्दै लादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीको गस्ति टोलिले फेला पारी नियनत्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।