खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का ४३ बर्षीय बलाराम कट्वालमाथि धारिलो हतियार प्रहार भएको छ ।

उनलाई मंगलवार राती ९ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका उनकै भतिज दिनेश कट्वालले धारिलो हतियार प्रहार गरी घाइते बनाएको हो । सामान्य वादविवादकै क्रममा एक्कासी टाउकोमा धारिलो हतियार(खुकुरी) प्रहार गर्दा वलराम गम्भीर घाईते भएका छन् । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने दिनेशलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।