झापा: प्रदेश सभाका सांसद श्रीप्रसाद मैनालीले अरुले २० वर्षमा गर्न नसकेको काम वर्तमान सरकारले २ वर्षमा गरेको बताएका छन् ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २० औं साधारण परिषद सभाको विरुवामा पानी हालेर उद्घाटन गर्नु हुँदै उनले यस्तो धारणा राखेका हुन् । सांसद मैनालीले सामुदायिक वनको कार्यक्रम र योजना हेरेर आवश्यक रकम प्रदेश सरकारले विनियोजन गर्ने विश्वस्त गराउँदै भने, ‘प्रदेश सरकारले सामुदायिक वनहरुलाई दिदै आएको सिलिङ यस वर्षदेखि बढाएर ५० लाख पु¥याएको छ । तपाईहरु जनताको आर्थिक स्तर उकास्ने कार्यमा लाग्नुहोस त्यसको लागि प्रदेश सरकार सहयोग गर्न तयार छ ।’
वन समितिका अध्यक्ष हीरा पोखरेलले १९ साधारण सभाले निर्णय गरी सम्पन्न भएका कार्यक्रमहरु र आगामी वर्षका ४० सुत्रीय योजनाहरु सम्पन्न गरिने जानकारी दिए । अध्यक्ष पोखरेलले चन्द्रगढीमा भ्यूटावर निर्माण गर्नेदेखि वन क्षेत्रका अति विपन्न परिवारको आर्थिक स्थिति बृद्धि गर्नेसम्मका कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला वन अधिकृत विष्णुलाल घिमिरे, वनउपभोक्ता महासंघका झापा अध्यक्ष देवप्रसाद भण्डारी, नेकपा भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेसका जिल्ला सदस्य राजेन्द्र रिजाल, छिमेकी सामुदायिक बनकी अध्यक्ष रेणु उप्रेती, राप्रपाकी नगर अध्यक्ष राधा कार्की, चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव बाबुराम कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए । समूहका कोषाध्यक्ष अनुज खतिवडाले ३ करोड ४४ लाख ३९ हजारको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नु भएको र सचिव मणि पराजुलीले सञ्चालन गर्नु भएको कार्यक्रममा नेत्रकुमार दुदाद अधिकारीलाई सम्मान गरिएको थियो ।


































































