धरान: पुर्वी नेपालको पर्यटकीय गन्तव्यहरुलाई अन्र्तराष्ट्रियस्तरमा बजारीकरण गर्ने उद्देश्यले धरानमा तीन दिने इष्ट टुरिज्म मार्ट २०१९ शनिबारदेखि धरानमा शुरु भएको छ ।

दोस्रो पटक आयोजना भएको मार्टको उद्घाटन धरान ७ स्थित सिद्धि नेवाः परिषदमा एक समारोहबीच १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरेका थिए । मार्टमा भारतको नयाँदिल्ली, पटना, कोलकत्ता, सिलिगुडी, आसाम, दार्जिलिङ, सिक्कीम तथा जयगाँउबाट पर्यटन व्यवसायीहरु सहभागी छन् । यस्तै, तेस्रो मुलुक भुटान र बङगलादेशबाट पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरुसमेत गरी १ सय २० जना विदेशी पाहुनाहरु सहभागी छन् ।

East-toursm-mart1

सोमबारसम्म हुने मार्टमा प्रदेश नम्बर १ का १४ वटा जिल्लाका पर्यटन व्यवसायीहरुको स्टल छ । यस्तै, अन्य प्रदेशबाट पनि पर्यटन व्यवसायीहरुको व्यवसायीक स्टलहरु रहेको आयोजक समितिले जनाएको छ । पर्यटकीय गन्तव्यको टुर प्याकेजसँगै धरानका स्थानीय उत्पादनहरुको पनि स्टल राखिएको छ । दोस्रो दिन आइतबार विहान धरान आसपासका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण कार्यक्रम रहेको छ भने नेपालका पर्यटन व्यवसायीसँग विदेशी पर्यटन व्यबसायीहरुले विजनेस टु विजनेस (वि टु वी ) मिटिङमा सहभागीता जनाउनेछन् ।

नेपाल पर्यटन बोर्डको आयोजना,धरान उपमहानगरपालिकाको सहआयोजना तथा प्रदेश सरकारको सहयोगमा आयोजित मार्टको तेस्रो दिन बिहान विराटनगरबाट कोशीटप्पुको भ्रमण पश्चात धरानमा समापन कार्यक्रम हुनेछ । समापन पश्चात पनि विदेशी पाहुनाहरुलाई ‘फेमट्रिप’को लागि पर्यटकहरुको इच्छा अनुसार बराहक्षेत्र, बिष्णुपादुका, हलेसी,हिले,टिएमजे क्षेत्र,ईलाम र सप्तरीको सखडा भगवतीको मन्दिरलगायत क्षेत्रमा लैजाने कार्यक्रम रहेको छ ।

easst4 east3 east-tr eastt-t eastt east