धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दैनिक ज्यालादारी कर्मचारीहरुले पाउदै आएको दैनिक न्युनतम ज्याला नेपाल सरकारले तोके वमोजिम तत्काल लागु गर्न माग गरिएको छ ।

बुधबार प्रतिष्ठानका कर्मचारीहरुले निमित्त उपकुलपति डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई छुट्टाछुट्टै भेटेर यस्तो माग गरेका हुन् । नेपाल सरकारले गत आर्थि बर्ष २०७५ भदौ १ गतेदेखि नै दैनिक ज्यालादारी कर्मचारीहरुको न्युनतम ज्याला ५१७ रुपैया तोकेको थियो । सबै तिर यही ज्याला लागु भए पनि वीपी प्रतिष्ठानमा भने अझै पनि लागु भएको छैन । यहाँका दैनिक ज्यालादारी मजदुर तथा कर्मचारीहरुले मात्र ३९५ रुपैया पाउछन् ।

karmachari1

निमित्त उपकुलपति र अस्पताल निर्देशकलाई भेटेका कर्मचारीहरुले यो दशैं अघि नै निर्णय गरेर सरकारले लागु गरेवमोजिम दैनिक ज्याला दिलाउन माग गरेका हुन् । प्रतिष्ठानको कर्यकारिणी समितिले निर्णय गरेर यो लागु गराउन सक्छ । यसरी लागु भएमा गत आर्थिक बर्षदेखि यताकै रकम दैनिक ज्यालादारी कर्मचारीहरुले पाउनेछन् । ‘दशैं अघि नै निर्णय गरेर खुवाउनुपर्छ भन्ने माग गरेका छौ,’प्रतिष्ठानका कर्मचारी महेश्वर राईले भने । यस्तै, विगतमा भएको सम्झौता वमोजिम २ बर्ष पुरा भएका कर्मचारीहरुलाई करारमा नियुक्ती गर्न पनि माग गरिएको उनले बताए ।