उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले चोकबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार राती साँढे ७ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ६ का २० बर्षीय अमोद महतोलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी लाहानबाट गाईघाटतर्फ जाँदै गरेको ना १ ज ८५०९ नम्बरको गाडीमा सवार रहेका थिए । उनको साथबाट डाईजेल्याव ११ एम्पुल, लुपिजेसीक १२ एम्पुल र फेनारागन १५ एम्पुल बरामद भएको छ । लागुऔषधसहित पक्राउ परेका महतोबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।