धरान: छुुरा प्रहारबाट घाइते धरान १९ का २४ बर्षीय पुजन लिम्बुको बिहिबार राती नै शल्यक्रिया गरिएको छ ।

उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती नै आकस्मिक शल्यक्रिया गरिएको हो । हाल उनी सर्जिकल आइसियुमा छन् । उनको अवस्था सुधार हुदै गएको प्रहरीको भनाई छ । घाइते पुजन धरानको वडा नं १९ का वडाअध्यक्ष पुर्ण लिम्बूका एक मात्र छोरा हुन् । उनलाई बिहिबार साँझ करिब साढे ५ बजेतिर धरान १२ स्थित पब्लिक स्कुलको दक्षिण गेट नजिकै छुरा प्रहार भएको थियो । उनलाई अपरिचित व्यक्तिले एक्कासी छुरा प्रहार गरेका थिए ।

पक्राउ परेकासँग वयान जारी

इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानका अनुसार घटनामा संलग्न भएको आशंकामा एक पक्राउ परेका छन् । उनीसँग अहिले सोधपुछ जारी छ । ‘पक्राउ परिसकेको छ, सोधपुछ हुदैछ । केहीबेरमा नै पत्ता लाग्छ,’डिएसपी न्यौपानेले भने ।