धरान : सेवक अभियानको नेतृत्वमा नगर प्रहरी, जनपथ प्रहरी, शसस्त्र प्रहरी लगायत विभिन्न संघसंस्थाको सहकार्यमा आइतबार धरानमा सरसफाई कार्यक्रमको आयोजना गरि सरसफाई गरिएको छ ।

धरानको सिंहदेवी चौकदेखि दन्तकाली, बुढासुब्बा मन्दिरसम्म सरसरफाई गरिएको सेवक अभियानका अध्यक्ष राजीव हलवाईले जानकारी दिए । सेवक अभियानले चाडवाड विषेश सरसरफाई कार्यक्रमको आयोजना गरि हरेक वर्ष घटस्थापनाका दिन सरसफाई गर्दै आएको अध्यक्ष हलवाईले बताए । धरानमा आउने धार्मीक पर्यटकहरुलाई आनन्दीत बनाउन तथा आकर्षित गराउन धरानको धार्मीक स्थलहरु जाने बाटो तथा मठमन्दिरहरुमा सरसफाई गरिएको हो ।

उक्त सरसफाई कार्यक्रममा सेवक अभियानसहित नगर प्रहरी, जनपथ प्रहरी, शसस्त्र प्रहरी लगायत विभिन्न संघसंस्थामा आवद्ध ७५ जनाको उपस्थिति रहेको थियो ।

102

101

 

103

104