इटहरी : मंगलबार बिहान मानिसहरु दसैँ मान्न व्यस्त थिए । तर, दुई दर्जन बढी युवाहरु भने कसैको वास्ता नगरी झाडु, बोरा र डष्टबिन बोकेर फोहोर उठाइरहेका थिए । यो दृष्य हो इटहरी २० तरहरा स्थित विहीबारे बजारको । मंगलबार सबैका घरमा दसैँ मान्न व्यस्त रहेका बेला युवाहरुले भने यहाँ सरसफाई गरिरहेका थिए । यहाँ रहेको लिबरल सोसाईटीले हरेक शनिबार तरहराका विभिन्न क्षेत्रमा सरसफाई गर्दै आएको छ ।

हामीले सधैँ शनिबार सफाई गथ्र्यौँ, यो पटक दसैँमा बजार सफाई राख्ने उदेश्यले सफा गरेका हौँ, लिबरल सोसाईटीका अध्यक्ष सुबेक्छु देवानले भने, हिजो यहाँको बजार पनि भएकाले फोहोर धेरै थियो, हामीले विहान सफा गर्यौँ । उनले तरहरामा दसैँ मनाउँनका लागि अन्य ठाउँबाट आउँने मानिसहरुका लागि पनि सकारात्मक सन्देश दिनका लागि सफाई गरेको बताए ।
लिबरलले विगत एक बर्ष अगाडिबाट तरहराका विभिन्न ठाउँमा प्रत्येक शनिबार सफाई गर्दै आएको छ ।
यता इटहरी उपमहानगरपालिकाले भने चारकोशे झाडीमा फोहोर फालेका कारण दुर्गन्ध फैलदैँ आएको भएपनि वेवास्ता गरेकाले स्थानीय मानिसहरुमा यसको प्रत्यक्ष असर पार्दै आएको छ ।

l

t