झापा: झापाको मेचीनगर नगरपालिका ६ बाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो मंगलवार अपरान्ह पौने ५ बजेको समयमा मेची पुलबाट लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी सहायक निरीक्षक लेखराम बस्नेतको टोलीले चेकजांच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका अर्जुनधारा नगरपालिका ६ का १५ बर्षीय दिपेश बिक, १६ बर्षीय पदम राई, १७ बर्षीय सुजन भुजेल पक्राउ गरेको हो ।

उनीहरुले भारत बतासेका २१ बर्षीय सुभशंकर दासको साथबाट सलाईको बट्टामा लुकाएर ब्राउनसुगर १ग्राम ५ सयमिलिग्राम ल्याउदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु ४ जनालाई नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।