इटहरी: निर्माणाधिन जोेगवनी किमाथांका सडकखण्ड अन्र्तगत तरहरा खण्डको सडकको ड्रेनमा जम्मा भएको पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

इटहरी २० तरहराको निर्माणाधिन ६ लेन सडकको ड्रेनमा डुबेर मंगलबार ४ बजे वृद्धको मृत्यु भएको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ । तरहरा प्रहरी चौकीका अनुसार हाँसपोसा सामुदायिक बन पछाडि बसोबास गर्दै आएका ९० बर्षीय झपड बहादुर बस्नेतको डुबेर मृत्यु भएको हो ।

dead-tarahara

तरहराको क्षेत्रीय कृषि अनुसन्धानमा घाँस काट्न जाँदा लडेर ६ लेन सडकको नालामा डुबेको र उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको शब पोष्र्टमार्टमका लागि लैजाने तयारी भएको प्रहरीले जनाएको छ । ६ लेन सडकमा पानी जमेका कारण यसअघि पनि खनारमा एक बालकको शब फेला परेको थियो । सडक निर्माणको क्रममा रहेको र ड्रेनमाथि खुला नै भएकोले पानी जम्मा भएर मानिस डुबेर मृत्यु हुने गरेको छ ।