काठमाण्डौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन ।
पार्टीको केन्द्रीय संरचना सक्रिय नहुँदा सदस्य भएकाहरू पनि आफूले जिम्मेवारी नपाउँदा पार्टी चलायमान बन्न नसकेको गुनासो गर्छन् । पार्टी एकतापछि पार्टीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टीका केन्द्रीय सदस्यहरूको शपथको समयमा निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर गर्नका लागि बैठक बसे पनि दोस्रो बैठक बस्न सकेको छैन ।पार्टीको विधानअनुसार ६र६ महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि केन्द्रिय समिति बैठक बस्न सकेको छैन । पार्टीको केन्द्रीय सदस्य भएर पनि पार्टीको तल्लो तहसम्म जाँदा पार्टीको नीति तथा गतिविधिको विषयमा जानकारी नपाएको केन्द्रीय सदस्य गणेश पहाडीले बताए ।
यसैगरी, तीनरतीन महिनामा बस्नुपर्ने पार्टीको स्थायी समिति बैठक झन्डै एक वर्ष बित्न लाग्दासमेत बस्न सकेको छैन । नेकपाको अन्तरिम विधानमा तीनरतीन महिनामा स्थायी समितिको बैठक बस्नुपर्ने प्रावधान छ । गत वर्ष पुसपछि स्थायी समिति बैठक बसेको छैन । स्थायी समिति नबसेकै कारण गत ३१ साउनमा नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउन गरेको निर्णय अझै अनुमोदन भएको छैन । स्थायी समिति नबस्दा यस्ता थुप्रै काम अड्किएका छन् । गोरखापत्र दैनिकबाट