धरान: समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले केपी ओली सरकार प्रदेशलाई अधिकारबिहिन बनाउन खोएको आरोप लगाएका छन् ।

समाजवादीले सम्हालेको स्वास्थ मन्त्रालय र शहरी बिकास मन्त्रालयको अधिकार प्रदेश सरकारलाई दिएको बताए । सभालाई सम्बोधन गर्दै नेपाली जनताले दूध खान चाहने हो भने गधा पालेर नहुने बताए। समाजवादी पार्टीका उम्मेद्वार गजेन्द्र इस्वोले धराने जनताको लागि दिएको योगदान नै इस्वोको चुनाव जित्ने आधार भएको दावी गरे ।

उनले नेकपा र कांग्रेसलाई लक्षित गर्दै ती पार्टीहरु र तिनका उम्मेद्वारबाट देश र जनताको कुनै पनि अपेक्षा पूरा नहुने ठोकुवा समेत गरे । नेता राईले भने,'चुनावमा कसले जित्छ भन्ने थाहा हुने भए जित्नेलाई विजयी घोषणा गरे हुन्छ तर त्यस्तो हुँदैन । जनताले दिने मतका आधारमा विजयी हुने भएकाले जनताले योग्य उम्मेद्वारलाई मतदान गर्नुपर्छ, जिताउनुपर्छ।'

samajbadi- 6

नेता राईले प्रधानमन्त्रीको चुलाचुलामा ग्याँसको नारा इन्डक्सन चुलामा पुगेको बताए । यो जनता जिल्याउने कुरामा प्रधानमन्त्री ओली माहिर रहेको टिप्पणी गरे । ओलीले जनतालाई गफ मात्र दिएर लुम्बिनीमा रेल पुर्‍याईसकेको बताए । विजयपुर जस्तो ऐतिहासिक राजनीतिक थलो रहेको धरानलाई प्रदेश राजधानी बनाउन नचाहेको भन्दै अन्तर्राष्ट्रिय सिमाना भन्दा ५० किलोमिटरको दुरीमा राजधानी हुनुपर्ने सुझाब लत्याउदै प्रदेश १ को राजधानी भारत नजिक बिराटनगर राखेको बताए।

नेकपा तानशाहतर्फ उन्मुख भएको भन्दै गुठी बिधेयेक, मिडिया काउन्सिल बिधेयक त्यसको प्रमाण भएको दाबी गरे। त्यसैगरी यसअघि लिम्बुवान पार्टी परित्याग गरेकाहरु रितेश लिम्बू,प्रेम गुरुङ र पुर्ण लिम्बुको नेतृत्वमा दुईसय बढिले आज सामुहिक रुपम पार्टी प्रवेश गरेका छन् ।