केराबारी : पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्दै आन्तरीक पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले मोरङको केराबारी गाउँपालिकामा केराबारी फुड एण्ड म्युजिकल फेस्टिबल तथा टुरिजम फेयर सोमबार देखि सुरु हुँदैछ ।

केराबारी गाउँपालिकाको सहयोग तथा होटल व्यवसायी संघ केराबारीको आयोजनामा हुने सो फुड फेस्टिबल तथा टुरिजम फेयर कार्यक्रम यहि मङ्सिर १६ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
‘आन्तरीक पर्यटनको विकास गरौं, समुन्नत समाजको निर्माण गरौं, नयाँ स्वाद र परिकार सहितको पर्यटन प्रर्बद्धन, समृद्ध केराबारी हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको सो फुड फेस्टिबलमा स्थानीय श्रोत साधनको समुचित प्रयोग गर्दै व्यापार व्यवसायको प्रर्वद्धन गर्ने र खाद्य गुणस्तर तथा व्यावसायीहरुलाई जिम्मेवार बनाउदै स्थानीय तहको आय श्रोतमा वृद्धि गर्न सहयोग पुग्ने आशा लिएको आयोजक समितिका सचिव तथा होटल व्यवसायी संघका सचिव सञ्जय तामाङले बताए ।

केराबारी मच्छिन्द्र चोकदेखि पूर्वपटि रहेको सडक पेटिमा एकहप्ता सम्म संञ्चालन हुने सो फुट फेस्टिबलको अवसरमा स्थानीय मौलिक परिकारका खाना तथा भोजन सहित जातिय सास्कृतिक परिकारका खानेकुराहरुको आर्काषण हुने होटल व्यवसायी संघका अध्यक्ष रुद्रवहादुर खत्रीले बताए ।

केराबारीलाई राष्टिय तथा अन्तराष्टिय स्तरमा चिनाउदै यहाँको जौविक सास्कृतिक तथा पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आन्तरीक पर्यटकहरुलाई बढी भन्दा बढी उपस्थित गराउँन केराबारीको पर्यटनमा प्रर्बद्धन गर्न प्याराग्लाइडिङ, साइकिलिङ, हाइकिङ, चित्रकला कार्यशाला, फोटो प्रदर्शन आदि समेत समेटिएको आयोजकले जनाएको छ ।
स्थानीय पर्यटकिय क्षेत्रको सम्भावना तथा पहिचान भैसकेका ठाउँहरुमा पर्यटकहरुको व्यवस्थापन गर्न होमस्टे संगै मोटर बाटो व्यवस्थापनको काम पनि भइरहेको गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले बताए ।