धरान: धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले आज पदभार सम्हाल्ने भएका छन् ।

आज दिउँसो साढे १२ बजे नगर प्रमुखको पदभार ग्रहण गर्ने कार्यक्रम रहेको हो । त्यसअघि उनले ११ बजे धरान १६ स्थित गणेशमान सिंहको सालिकमा माल्र्यापण गर्नेछन् भने साढे ११ बजे धरान १९ स्थित हरियाली सामुदायिक वन समुह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको सालिकमा माल्र्यापण गर्नेछन् ।

मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका थिए । उनले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै कम्युनिष्टको विरासत तोडेका थिए । यस्तै, धरान ७ को वडाअध्यक्षमा नेकपाका जीवनराज सुवेदी विजयी भएका थिए । उनले हिजो मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् ।