झापा: झापाको गौरादह बजार क्षेत्रबाट निस्किएको फोहोर बस्तु वडा नं –१ को वडा कार्यालय परिसरमा राखिने गरेको छ ।
a
नगरपालिकाले हालसम्म डम्पिङसाईटको ब्याबस्था गर्न नसक्दा सरकारी कार्यालय परिसरमा फोहोर थुपारिएको हो । साबिकको गौरादह गाबिस रहेको भबनमा हुलाक तथा सहकारी कार्यलय रहेका छन् । त्यसको नजिकमै वडा नं –१ को वडा कार्यालय रहेको छ । कार्यलयमा सेवा लिन आउने सेवा ग्राहीहरुको बाक्लो उपस्थिति रहन्छ । सरकारी तथा निजि कार्यलयहरुले सेवा दिईरहेको कार्यलयको अगाडि नगरपालिकाले फोहोर थुपार्ने गरेको छ ।
फोहोर थुपार्ने स्थान नजिकै चिया, किराना, तथा माछा, मासु पसलहरु रहेका छन् । अगाडि फोहोरको डङ्गुर भएका कारण झिंगा भन्कनुका साथै दुर्गन्ध समेत फैलिने सम्भावना छ । बजार तथा आसपासको क्षेत्रमा दुर्गन्ध फैलिन नदिन त्यस स्थानमा खाडल खनि फोहोर फालिन थालिएको छ । स्थानीय सरकारले नगरपालिका भित्र रहेका बजार तथा अन्य ठाउँको फहोर फाल्न गाडीको ब्यबस्था गरेको छ ।
फोहोर फाल्ने ठाउँ डम्पिङसाईडको ब्यबस्था नहुदा फोहोर फाल्ने गाडी थन्किएको छ।बजारको फोहोर वडा नं –१ को वडा कार्यलय अगाडि फाल्न ठेला प्रयोग गरिने गरेको छ । बर्षाै देखि पोखरीको दक्षिण पुर्ब पट्टीको डिलमा फोहोर फालिदा गौरादहको पहिचान बोकेका पोखरी समेत दुर्गन्धित बनेका छन् । करिब ११ बिघा क्षेत्रफलमा फैलिएका पोखरीलाई पर्यटकीय क्षेत्र बनाउन बर्सेनि बजेट बिनियोजन भई घेराबेरा निर्माणको काम भईरहेको छ । आन्तरिक तथा बाहिय पर्यटक भित्र्याई आम्दानीको स्रोत बढाउन सक्ने पोखरीको डिलमा नगरपालिकाले फोहोर बिसर्जन गर्ने गरेको छ ।
सरकारी तवरबाट भने सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउन तयारी गरिरहेको छ । गौरादह नगरपालिकाले पर्यटन क्षेत्रको सम्भावना बोकेको पोखरीलाई चिन्न सकेन भने डिलमा फोहोर थुपारेर आसपासको वातावरण समेत दुर्गन्धित बनाई रहेको छ । फोहोर ब्याबस्थापनको बिषयमा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह सँग गौरादहको फोहोरमैला ब्यवस्थापनको बारेमा जिज्ञासा राख्दा डम्पिङसाईट निर्माण गरिने जग्गाको टुंगो लागिसकेकाले यसै आर्थिक बर्ष भित्रमा डम्पिङ्गसाइट बनाईने क्षेत्रमा आबस्यक पुर्वाधार तयार गरि फोहोर ब्यवस्थापन कार्यन्वयनमा आउने बताएका छन ।
गौरादह नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले नगरपालिका भित्रका बजार तथा अन्य क्षेत्रका फोहोर बस्तु बढीमा ५ महिना भित्रमा ब्याबस्थापन गरिने बताए । गौरादह नगरपालिका वडा नं –७ को ठकठकेमा रहेको ३ बिघा सार्वजनिक जग्गामा घेराबेरा गरि फोहोर ब्याबस्थापन गरिने बताए ।
फोहोर ब्यबस्थापनका लागि नगरपालिकाले गाडी खरिद गरिसकेकाले डम्पिङसाईट बनाईने स्थानमा पूर्वाधार निर्माण हुनसाथ फोहोर ब्याबस्थापन हुने बताए । वडा नं १ को वडा कार्यलय अगाडिको चिया पसलमा दूध लिएर बिक्री गर्न आउने ईन्द्र कटुवालले वडा कार्यलय अगाडि फोहोर फालिएका कारण दुर्गन्ध आई बाटो हिड्न समेत समस्या भएको बताए ।