धरान : धरान १३ शिवधारा स्थित ड्रिम्स लाउन्ज एण्ड बारको आयोजनामा भएको विन्टर नाईट विद सुरेश कुमार कन्सर्टका आयोजक विवस रूचाल, बबिन भण्डारी र सुजित श्रेष्ठले इमानुएल अर्फनेज होमका १७ जना बालबालिकाहरूलाई सोमबार न्यानो कपडा वितरण गरेका छन ।

कार्यक्रममा नाफा नभए पनि बालबालिकाहरूलाई न्यानो कपडा वितरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरीएकोले करीब २० हजार बराबरको कपडा वितरण गरिएको विवस रूचालले बताए । बालबालिकाहरूका लागी रन्जित राईबाट १० वटा, विभु श्रेष्ठबाट ४ वटा र हाङ्मा राईबाट ३ वटा ज्याकेट प्राप्त भएको थियो ।

गायक डिल्ली फोम्बोको उपस्थितीमा भएको वितरण कार्यक्रममा होममा आश्रित एनोस तामाङ, निश्चल गिरी, अन्जान लिम्बु, डेबिड लिम्बु, ओमेश सुब्बा, प्रतिमा तामाङ, आशिष तामाङ, केरीना थापा, विना लिम्बु, भिमा लिम्बु, मिना लिम्बु, अनिता लिम्बु, आयुप लिम्बु, ह्यापिसन लिम्बु, सुमित लिम्बु, सृस्टिमा लिम्बु र रोशन लिम्बुलाई ज्याकेट प्रदान गरीएको थियो ।

वितरण पश्चात होमका संचालक जिवन लिम्बुले सहयोगका लागी धन्यवाद व्यक्त गर्दै बालबालिकाहरूको पालन पोषणका लागी इच्छुकहरूले सहयोग गरीदिनुहुनका लागी समेत आग्रह गरे ।