बिराटनगर: नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई गुटको राजनीति छाडेर सहमतिको आधारमा अगाडि बढ्न आग्रह गरेका छन् ।
४४औं राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेस मोरङ्ले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले सभापति देउवाले बहुमतको बलमा महाधिवेशनको कार्यतालिका तोकेको भन्दै सहमति र मेलमिलापलाई ध्यान दिनुपर्ने बताए । बहुमतको आधारमा महाधिवेशनको मिति तोकिनु दुर्भाग्यपुर्ण भएको भन्दै कांग्रेस पार्टीको ईतिहासमा यस्तो कहिल्यै नभएको उनको भनार्इ थियो । उनले देउवा सिंगो पार्टीको नभई गूटको सभापति बनेकाले समस्या आएको बताए ।
सभापतिकै कारण भातृ एवं शुभेच्छुक संगठनहरु लथालिंग भएको कोइरालाले आरोप लगाए । त्यस्तै सभापतिले नैतिक बल गुमाईसकेकाले वाईड बडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउन नसकेको बताए ।
आफु पार्टी मजबुत बनाउॅने अभियानमा लागेकाले कसैसॅग आग्रह र पुर्वाग्रह नराखेको उनले स्पष्ट पारे। '२०३३ सालमा बिपि कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कॅदा जस्तो अवस्था थियो अहिले पनी राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ,'उनले भने,'त्यतीवेला राजा राष्ट्रियताका प्रतिक थिए त्यसैले बिपिले राष्ट्रियताको सवालमा मेरो र राजाको घॉटी जोडिएको छ भन्नुएको थियो। र प्रजातन्त्रको सवालमा जनतासॅग छु भन्नुभयो।प्रजातन्त्रको सवालमा जिवन भर राजासॅग लडिरहनुभयो तर सम्झौता गर्नुभएन ।'

बर्तमान सरकारले 'नियन्त्रित प्रजातन्त्र'मार्फत मुलुकलाई एकदलिय ब्यवस्थामा लैजान लागी परेको उनको आरोप थियो । यो सरकारले प्रतिपक्षलाई दबाउॅने, कर्मचारीलाई समायोजनका नाममा तर्साउॅने,अध्यादेश मार्फत नागरिक र प्रेसका संबैधानिक हक-अधिकार खोस्ने, न्यायलय कब्जा गर्ने,सुरक्षा अंगमाथी नियन्त्रण राख्ने जस्ता सर्बसत्तावादी चरित्र देखाएकाले प्रजातन्त्रमाथी खत्तरा बढेको बताए। आफुले सरकार खोजिरहेको र कतै सरकार नभेटेको बताउॅदै डा कोइरालाले अराजकता,भ्रष्टाचार र दण्डहिनतामा मात्रै सरकार भेटिएको बताए ।
पछिल्ला दिनमा बढेको राष्ट्रपतिको सक्रियता प्रति आलोचना गर्दै उनले संबैधानिक राष्ट्रपतीले पदिय मर्यादा र गरिमा भुलेर दलिय कार्यकर्ताले जस्तो सक्रिय भुमिका देखाउॅन थालेकाले बिभिन्न शंका उपशंका सिर्जना गरेको बताए । सोही कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले बिधान मिचेर जथाभावी गर्न सभापतीलाई छुट नभएको बताए।



































































