संखुवासभाः भोजपुरको साल्पासिलिचो गाउँपालिका २ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका २ मा बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको भिरबाट लडेर मृत्यु भएको छ ।

मंगलवार राती ७ बजेको समयमा ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिएको छ । प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल चैनपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।