धरान: २० औं अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कपको आज शनिबार उद्घाटन हुदैछ ।

धरान १६ स्थित रंगशालामा आज दिउँसो १ बजे प्रतियोगिताको उद्घाटन हुने आयोजकले जनाएको छ । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज उद्घाटन खेल धरानको वडा नं ३ र वडा नं ५ बीच हुने आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राईले जानकारी दिए । स्थानीयस्तरबाटै प्रतिभावान खेलाडीहरुको पहिचान गर्ने तथा उनीहरुको क्षमता उजागर गराउन अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबको भनाई छ ।

Godhuli-cup

प्रतियोगिताको विजेताले रनिङ कपसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले ११ हजार पाउनेछ भने उदयीमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीले भने ७ हजार ५ सय पाउनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा नपाल भ्रमण वर्ष २०२० र गोधुली क्लबको झण्डा फहराएर ३५ वटा प्याराग्लाइडिङ आकाशमा उड्ने पनि क्लबले जानकारी दिएको छ ।