सुनसरी: प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिकाबाट गाई काटेको आरोपमा २ जनालाई पक्राउगरेको छ ।

सुनसरी हरिनगरा गाँउपालिका २, भुटाहाका ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा ४ का ४२ बर्षीय लुकमान अन्सारी गाईकाटेको आरोपमा पक्राउ परेका हुन् । आज बिहान सवा १० बजे सदुलको घरमा गाई काटेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलीले घरमा गाईको टाउको, खुकुरी र अचानोसहित दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।