धरान: धरान १४ बिजयपुरस्थित पिण्डेश्वर बाबाधाममा माघ १३ गते बिजयपुर आध्यात्मिक मञ्च सुनसरीले सामुहिक व्रतबन्ध, गुन्युचोलो र छेवरको आयोजन गर्ने भएको छ ।
मञ्चले सामान्य शुल्क लिएर विगत केही बर्षदेखि आयोजना गर्दै आएको सामुहिक संस्कारयुक्त कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिन लागेको हो । हरेक बर्ष बार्षिकरुपमा नै सामुहिक सँस्कार सँस्कृतिको कार्य गर्दै आएको र यो बर्ष पनि विभिन्न जिल्लाबाट सहभागिता हुने मञ्चका अध्यक्ष पितरूमल अग्रवालले जानकारी दिए। उनका अनुसार सामुहिक कार्यक्रममा शुल्क २ हजार १ सय रुपैया लिइनेछ ।
कार्यक्रमको आयोजनाको लागि व्यवस्थापन गर्न संयोजककोरुपमा पंकज घिमिरे तोकिएका छन् भने प्रचारप्रसार संयोजकमा दुर्गा काफ्लेलाई जिम्मेवारी दिइएको छ । यस्तै, पुजा मण्डप सजावट संयोजकमा शुभद्रा सुवेदी, भण्डार ब्यवस्था हेम प्रसाद ओझा, स्वयम्सेवक परिचालन अरुणा पोख्रेल, आवास व्यवस्था संयोजक भुपध्वज बुढाथोकीलाई तोकिएको मञ्चले जनाएको छ ।
यस्तै, जनसम्पर्क संयोजक प्रेम प्रसाद पौडेल, सचिव कमल भट्टराई छन् भने अनुगमन मुलयाङकन समिति संयोजकमा वडा नं १४ का वडाअध्क्ष कृष्ण प्रसाद भट्टराई रहेको अध्यक्ष अग्रवालले जानकारी दिए। यो कर्मकाण्ड हिन्दु धर्मको जन्मदेखि मृत्युसम्मको १६ सँस्कार मध्ये एक हो । उक्त कार्यक्रममा भिक्षा दिने समय बिहान सवा ११ बजे रहेको संस्थाका सचिव कमल भट्टराई जानकारी दिए।


































































