काठमाडौं : संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुंदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह् तीन बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ ।
सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उहाँ निर्विरोध हनेछन् । तर अर्को उम्मेद्वारी नपरेपनि मतदानबाहेक निर्वाचनको अन्य प्रक्रिया भने पुरा गर्नुपर्नेछ । सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण छन् ।
प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वा्चित भएको औपचारिक घोषणा हुनेछ ।