धरान : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलेपमेन्ट बैंकले धनकुटाको साघुँरीगढीका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण तथा विद्यार्थीहरुको दन्त परिक्षण गरेको छ ।

धरानको मितेरी बैंकले आर्थिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बैंकले साघुंरीगढीको अमर प्रा.वि., राम प्रा.वि., महाभारत प्रा.वि., पशुपति प्रा.वि., कन्या प्रा.वि. र भगवती प्रा.वि.मा स्वीटर वितरण गरेको हो  साथै १ सय २५ जना अभिभावक तथा विद्यार्थीहरुको दन्त चिकित्सकद्वारा दन्त परिक्षण गराएको हो । डाईनोसिसका संस्थापक डा. मेनुका अग्रवाल र विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकद्वारा दन्त परिक्षण गरिएको थियो ।

कार्यक्रममा मितेरी डेभलपमेन्ट बैंकका अध्यक्ष किसन मास्के र बैंकका सिईओ तुलसी वस्ति, सेवक अभियान धरानका अध्यक्ष राजिव हलवाई, साघुंरीगढी गाँउपालिकाका अध्यक्ष कुमारजंङ्ग याख्या, होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई, विद्यालयका प्रध्यानाध्यापकहरु लगायत वुद्धीजिवि अभिभावकको उपस्थिति रहेको थियो ।