धरान: सुनसरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बलात्कार आरोपमा निलम्बनमा परेका एसएसपी सौरभ राणा आफै जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् ।

बलात्कार आरोपमा जाहेरी दर्ता भएका राणालाई अदालतले आज पक्राउ गर्ने अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि राणा आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् भने कानुनी प्रक्रिया शुरुवात भएको छ । ‘उहाँ आफै प्रहरी कार्यालयमा हाजिर हुनु भयो,कानुनी प्रक्रिया शुरु भइसकेको छ,’जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विनोद शर्माले भने,‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ ।’

राणाबाट आफु बलात्कृत भएको भन्दै झापाकी एक महिलाले बिहिबार जाहेरी दर्ता गराएकी थिइन् । उनले आफु विगत १५ बर्षदेखि राणाबाट पीडित भएको जाहेरीमा उल्लेख गरेकी छिन् । पछिल्लो पटक साउनमा इटहरीमा बलात्कार भएको जाहेरीमा उल्लेख गरेकी छिन् । पीडित महिलाको मेडिकल जाँच र घटनास्थलको मुचुल्का पनि प्रहरीले उठाइसकेको छ ।