धरान: ध्यान तथा जीवनशैली व्यवस्थापनबारे धरानमा आइतबार एक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम धरान १६ स्थित मन्टेश्वरी किन्डर गार्टेन र ओशो संगीत विद्यालयको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा ओशो तपोवनका स्वामी आनन्द अरुणले ध्यान, जीवनशैलीको विविध पक्षबारे बोलेका थिए । उनले सत्संगले मात्र मानिसमा सकरात्मक उर्जा आउने र मन सुद्ध हुने बताए । ‘मानिसको जीवन सम्भावनाले भरिएको छ । मानिस बुद्ध, हिटलर, ओशो, महात्मा, चंगेज खाँ जे पनि हुनसक्छ । तर अरु प्रणालीलाई स्वतन्त्रता छैन, उनीहरु आफ्नै स्वभावमा बाँधिनु पर्छ, प्रकृतिको नियममा रहनुपर्छ ।’

मानिस राम वा रावण दुवै बन्नसक्ने सम्भावना र चुनौती रहेको उल्लेख गर्दै समय र उर्जाको सदुपयोग गर्दा धेरै माथि उठ्नसक्ने पनि बताए । त्यसको लागि सत्संगत हुनुपर्ने उनले बताए । ‘सत्संगत पायो भने मान्छे सुध्रिन्छ, र कति माथि उठ्न सक्छौं भने सिमै छैन,’उनले भने,‘कुसंगतले जस्तै मानिस पनि बिग्रन्छ, र कति तल पुग्छ भन्ने सिमा छैन । त्यसैले कुसंगतबाट जोगिनु नै उत्तम हो । सत्संगतले मनलाई पनि सुद्ध बनाउछ ।’

osho

जो मानिसलाई भेट्ना साथ र देख्नासाथ आनन्द आउछ उही मानिस नै सन्यासी र सन्त भएको पनि बताए । संसारभर डिप्रेसनका रोगीहरु वृद्धि भइरहेको बताउदै उनले मानिस एक्लिदै गएको र साथी, विरालोलगायत जनावर साथी बनाउन थालेको बताए । ‘विकसित मुलुकमा २५ प्रतिशत युवाहरु डिप्रेशनको शिकार भइरहेका छन्, नेपालमा पनि ११ प्रतिशत बढेको छ,’उनले भने,‘सम्पन्नताले मात्र मानिस सुखी हुदैन, अमेरिकी सम्पन्न छन्, तर उनीहरुभन्दा भुटानीहरु धेरै सुखी, खुशी छन् ।’

मानिसको जीवनमा बिहान र बेलुकीको समय उत्कृष्ट हुने स्वामी अरुणले बताए । तर, नेपालीहरु त्यही समयमा भने धेरै तनावग्रस्त हुने गरेको उनले बताए । ‘बिहान र बेलुकीको समय एकदमै वेष्ट हो, तर यही समय हामी ट्राफिक जाममा परेर एकदमै तनावमा हुन्छौं । साधाना र ध्यान गर्ने समयमा धुँवा र धुलो धेरै खाइरहेका हुन्छौं,’उनले भने । नेपालीहरुको नक्कल गर्ने बानीले नेपाली सँस्कृति, सभ्यतामाथि अतिक्रमण भइरहेको पनि उनले बताए । राजनैतिकरुपमा स्वतन्त्र भएपनि साँस्कृतिक, धार्मिक अतिक्रमण जारी रहेको उनले बताए । ‘यसप्रति हामी सचेत, सजग हुनैपर्छ,’उनले भने ।

osho6