खोटाङ : उदयपुर रौतामाई ३ बस्ने मान बहादुर राईको छोरी १३ बर्षीया भावना राई मृत अवस्थामा फेला परेकी छन् ।
गत पुष २६ गते कोही कसैलाई जानकारी नगराई घरबाट हिडेकी भावनालाई खोटाङ हलेसी तुवाचुङ ५ स्थित सुनकोशी नदिको किनारामा स्थानीय बासीहरुले मृत अबस्थामा खोलाले बगाई ल्याएको देखी आज (आइतबार) बिहान ११ बजे ईलाका प्रहरी कार्यालय हलेसीमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।







































































