काठमाडौं : दक्षिण कोरियाको १६ सहरमा कोभिड १९ का बिमारी भेटिएका छन् । मंगलबारसम्म नौ सय ५५ संक्रमित भएकामा ११ जनाको मृत्यु भएको छ । २२ जना उपचारपछि निको भएर घर फर्केका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित सहर डेगु हो । त्यहाँ पाँच सय ४३ मा संक्रमण पुष्टि भएको छ ।
संक्रमण बढेपछि नेपाली कामदारलाई बाहिर निस्किन कम्पनीहरुले रोक लगाएका छन् । विगतमा होटलमा गएर खाना खाने व्यवस्था थियो, “नेपाली जनसम्पर्क समिति कोरिया डेगु शाखाका पुर्वअध्यक्ष सुरेश खत्रीले भने, अहिले कम्पनीभित्रै प्याकिङ आउने गरेको छ ।”
कोरियालीहरु भने आवतजावत गरिरहेका छन् । बाहिर गएर फर्किने कोरियालीबाट कोरोना संक्रमण हुने त्रासमा नेपाली छन् । कतिपय नेपाली कामदार दुई तीन महिनाअघि बिदा सारेर घर फर्कने तयारीमा छन् । कतिपयले टिकट नै काटिसकेका छन् ।
कोरिया सरकारले मंगलबारसम्म क्वारेन्टाइनको व्यवस्था गरेको छैन् । डेगुपछि कोरोना प्रभावित सहर हो ख्यङ्बुक । त्यहाँ दुइ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।-नयाँ पत्रिका दैनिकबाट