झापा : प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीको कोरोना परीक्षण रिपोर्ट पुन: पोजेटिभ आएको छ ।
कोरोना सङ्क्रमण भएर केही दिनदेखि होम आइसोलेसनमा बस्दै आएका ७२ वर्षे प्यासीलाई श्वासप्रश्वासमा केही समस्या भएको र अक्सिजनको मात्रा पनि नबढेपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
प्यासीलाई निमोनिया क्रमशः निको हुँदै आए पनि कोरोना परीक्षणको रिपोर्ट भने पुन पोजेटिभ आएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए ।
७२ वर्षे प्यासीको पहिले देखि नै मुटुमा समस्या रहेको उहाँको सचिवालयले जनाएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































