धरान : प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य भीम आचार्यले केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई भेडीगोठको संज्ञा दिएका छन् ।

आचार्यले ओलीको हठीपनाको कारण मुलुक सङ्कटमा परेको बताउँदै ओलीकै कारण स्थानीय निर्वाचनमा नेकपाले हार बेहोर्नुपरेको बताए ।

प्रधानमन्त्री ओलीले पार्टीलाई आफ्नो निजी क्लब जस्तै बनाएको र चुनावको बेला जनतासँग नेकपाले गरेको प्रतिबद्धता पुरा नभएको र ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको समेत आचार्यले आरोप लगाए ।

Nekapa-5 1

सुनसरी जिल्लाभरका प्रचण्ड-नेपाल नेतृत्वका नेकपा कार्यकर्ताहरूको हजारौँ सङ्ख्यामा उपस्थित भई इनरुवाको महेन्द्र चौक, लोकतान्त्रिक चौक, शान्ति चौक र इनरुवा बस चोकमा छुट्टाछुट्टै स्थानमा कोणसभाहरू भएका थिए ।

इनरुवाको पार्टी कार्यालयबाट सुरु भएको जुलुसले इनरुवा नगरको परिक्रमा गरेको थियो । विरोध सभामा केन्द्रीय सदस्यहरू रामकुमारी चौधरीले इनरुवा बस चोक, महफुज अन्सारीले लोकतान्त्रिक चौक, धर्मराज निरौलाले शान्ति चौक, योगेन्द्र प्रसाद मण्डल र रमेश बस्नेतले समेत सम्बोधन गरेका थिए ।

विरोध प्रदर्शन सँगै भिन्नाभिन्नै चोकमा फरकवक्ताले सम्बोधन गर्ने क्रममा भीम आचार्यले महेन्द्र चौकमा सम्बोधन गरेका थिए ।

Nekapa-1 1 Nekapa-2 1 Nekapa-3 1