धरान : सङ्खुवासभाको खाँदवारि नगरपालिका­-९ मा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । 

आज बिहान साँढे ६ बजेको समयमा खाँदवारिबाट सभा खोला तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक गोरखाका २४ वर्षीय मिलन मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।