धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा ताप्लेजुङकी कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । 

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार आज बिहान साढे ३ बजे ताप्लेजुङको याङवारक-१ का ६५ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो । 

उनलाई माघ २३ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोना विरुद्धको खोप नलगाएका उनलाई दिर्घरोग रहेको प्रतिष्ठानले जनाएको छ ।