विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना सङ्क्रमण भएको छ । 

५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इलाममा ५, तेह्रथुम, उदयपुर र सङ्खुवासभामा ३–३ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ९, सुन्दरहरैचा र बेलबारीमा ५-५, पथरीशनिश्चरेमा ३, रतुवामाई, रङ्गेली, लेटाङ, कानेपोखरी, उर्लाबारी, केराबारी र स्थानीय तह नखुलेका १-१, झापाको बिर्तामोडमा ७, भद्रपुरमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३-३, बाहृदशी र कनकाईमा २-२, अर्जुनधारा, गौरादह, दमक, बुद्धशान्ति र झापा गाउँपालिकामा १-१, सुनसरीको धरान र इटहरीमा ७-७, दुहबीमा ४, वराहक्षेत्रमा २, इनरुवा, रामधुनी, भोक्राहानरसिंह, गढी र कोशी गाउँपालिकामा १-१, इलामको फाकफोकथुममा २, इलाम नगरपालिका, चुलाचुली र मांसेबुङमा १-१, तेहृथुमको छथरमा २ र आठराईमा १, उदयपुरको उदयपुरगढीमा २ र त्रियुगामा १, सङ्खुवासभाको पाँचखपन, चैनपुर र स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७३ महिला र ७२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ३३० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।