काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् ।
'प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव कार्यव्यवस्थामा दर्ता भएको छ,' सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए । संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा पर्छन्।
मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ। केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए। नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































