विराटनगर : प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ स्वीकृत गरेको छ ।
आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ ।