धरान : किरात याक्थुङ चुम्लुङको ११औँ राष्ट्रिय महाधिवेशन प्रेम येक्तेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । 

चुम्लुङको फागुन २८, २९, ३० र चैत १ गते ४ दिन पाँचथरको फिदिममा सम्पन्न राष्ट्रिय महाधिवेशनले उपाध्यक्षमा डा. कमल तिगेला, गोविन्द बुङ्बुङ, कमला फोम्बो, चन्द्रकुमार आङ्देम्बेलाई निर्वाचित गरेको छ । 

महासचिवमा निरन्ती तुम्बापो, उपमहासचिव डा. योगेन्द्र पालुङ्वा, सचिवमा भिमप्रसाद योङ्हाङ (यासेली) दिलकुमारी लिम्बु, चक्र येक्तेन (अभिषेक) र भवानी विक्रम सम्वाहाम्फे र कोषाध्यक्षमा अमर तृम्याहाङ निर्वाचित भएका छन् । 

यसै गरी सदस्यहरूमा लक्ष्मण लावती पाँचथर, कमिता तुम्बापो पाँचथर, सन्तोष सेरेङ मोरङ, विमला पालुङवा मोरङ, सीता हुक्पाचोङ्वाङ भक्तपुर, इन्द्रकुमारी लोक्सम काठमाडौँ, इन्द्रकुमार आङ्बो काठमाडौँ, कर्णविक्रम लिम्बु सुनसरी, अमृत योङहाङ झापा, चन्द्रकला सुब्बा झापा, उत्तमकुमार लिङ्थेप सङ्खुवासभा, चन्द्रसिंह नेम्बाङ धनकुटा, विष्णुकुमारी तुम्बापो इलाम, राज्यप्रसाद लुम्फुङ्वा तेह्रथुम, ठाकुरसिं लिम्बु ताप्लेजुङ, मनोहर कुमार लिम्बु लिम्बुवान प्रदेश, जीवनप्रकाश सेर्मा लिम्बुवान प्रदेश, विवेक योङ्हाङ लिम्बुवान प्रदेश, डा. भीम सुब्बा लिम्बुवान प्रदेश, इक्सा सम्वाहाम्फे नाल्बो लिम्बुवान प्रदेश, रेश्मा खेवाङ नेवा: ताम्सालिङ, कविराज आङ्देम्बे नेवा: ताम्सालिङ निर्वाचित भएका छन् । 

नवनिर्वाचित नयाँ कार्यसमितिको बुधवार पाँचथरको फिदिममा पहिलो बैठक समेत बसेको छ ।