धरान : यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने सूचना जारी गरेको छ ।

सर्भरहरूमा विद्युतीय समस्या देखिएको भन्दै विभागले आज अपराह्न ५ बजेदेखि सबै सेवा बन्द गर्ने जनाएको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालले आज एक सूचना जारी गरी ‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ भनेका छन् ।

यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको हो ।

Yatayat-Bebastha-Bibhag-Suc