धरान : मोरङको बुढिगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

गएराती साढे ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई  दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक इटहरी-१९ खनारका २२ वर्षीय अनीश कार्कीलाई उपचारको लागी विराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार अन्य  २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।