धरान : भोजपुरको पौवादुङमा गाउँपालिका–२ मा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
आज बिहान साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका–७ का गणेश मगरका २ वर्षीय छोरा आसिर मगर खेल्ने क्रममा लडी खाल्डोको पानीमा डुबेका थिए ।
अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भई रहेको छ ।





































































