धरान : बराहक्षेत्र-८ चकरघट्टीकी गीता तामाङले सुजुकीको स्कुटर किन्दा ५० हजार उपहार प्राप्त गरेकी छन् । स्कुटर किन्न आएकी उनी शनिवार नवदुर्गा अटो प्यालेसमा प्रफुल्ल मुद्रामा भेटिइन् । कारण थियो उनले सोच्दै नसोचेको उपहार अकस्मात् पाउँदा खुसीले दङ्ग भएकी हुन् ।
उनले नयाँ वर्षमा एउटा स्कुटर किन्ने योजना बनाएकी थिइन । अन्य स्कुटर भन्दा सुजुकीकै स्कुटर नै चलाउने रहर उनलाई थियो। त्यही भएर उनी नवदुर्गामा स्कुटर किन्न पुगेकी थिइन । स्कुटरको नयाँ मोडल एक्सेस विएससिक्स एफआई १२५ सिसीको स्कुटर रोजिन्। सुजुकीको नयाँ वर्षको अफर अनुसार  स्क्र्याच कार्ड कोर्दा उनलाई उपचार स्वरूप ५० हजार हात लाग्यो । उक्त पुरस्कार उनलाई नवदुर्गा अटो प्यालेस धरानका सञ्चालक दुर्गा भुजेलले तत्काल ५० प्रदान गरे ।
उनले भनिन्-‘सुजुकीको हरेक मोडल मलाई राम्रो लाग्छ, त्यसमा पनि उपहार पाउँदा मलाई झन् बढी खुसी लाग्यो । उनले अरूलाई पनि सुजुकीकै स्कुटर किन्न सल्लाह समेत दिइन् । उनी भन्छिन्-‘सुजुकीको स्कुटर सस्तो, भरपर्दो र पाँच वर्षको वारेन्टी मात्र हैन तेल खपत हुने भएकोले पनि  यो सर्वसाधारणका लागि उपयुक्त छ।’
यस सम्बन्धमा नवदुर्गा अटो प्यालेसका सञ्चालक भुजेलले सुजुकीको एक्ससेस स्कुटरले प्रतिलिटर ६४ किमी माइलेज दिने बताए ।  उनले भने-‘बढी माइलेज दिने भएकैले पछिल्लो समय ग्राहकहरूको रोजाइमा सुजुकीको एक्ससेस स्कुटर परेको छ, सुजकीको हरेक मोडलमा पाँच वर्षको वारेन्टी समेत रहेको छ ।’
सुजुकीले बजारमा लन्च गरेका हरेक स्कुटर नयाँ मोडलमा आउने भएकोले पनि सर्वसाधारणको रोजाइमा पनि  सुजुकी नै परेको उनी बताउँछन् ।