चतरा : नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिले मेयर र उपमेयरका आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ। नगर समितिको बैठकले मेयरमा १४ जना आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ भने उपमेयरमा ८ जना आकाङ्क्षीहरूको नाम सिफारिस गरेको नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिका सचिव हरिकृष्ण भट्टराईले बताए ।
वडाहरूबाट आएको सिफारिसको आधारमा  मेयरमा २ जना महिला सहित १४ जनाको नाम सिफारिस गरिएको हो। सिफारिस भएर आएको नाम मध्य अल्फाबेटको आधारमा नेपाली काँग्रेस नगर समितिले सुनसरी क्षेत्र नं १, सुनसरी क्षेत्र नं ४, सुनसरी क्षेत्र नं १ प्रदेश सभा २, सुनसरी क्षेत्र नं ४ प्रदेश सभा १ र जिल्ला कार्य समिति सुनसरीमा नाम सिफारिस गरिएको छ। 
मेयरमा महाधिवेशन प्रतिनिधि तथा नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य अनु गुरुङ, आदर्श माविका पूर्व प्राचार्य बौद्धिक नेता ओमकुमार शर्मा, नेपाली काँग्रेस सुनसरीका पूर्व जिल्ला सदस्य तथा जिल्ला पार्टी कार्यालयका कार्यालय सचिव कालुराम चौधरी, महासमिति सदस्य जगत् कार्की, जिल्ला सदस्य प्रदीप बस्नेत, २०७४ सालका मेयरका प्रत्याशी उम्मेदवार तथा महाधिवेशन प्रतिनिधि बाबुराम विष्ट, २०७४ को प्रदेश सभा सदस्यको प्रत्याशी उम्मेदवार बुद्धिबहादुर कटुवाल, तत्कालीन महेन्द्रनगर गाऊँ इकाईका सभापति रत्नबहादुर राउत त्यस्तै नगर सभापति रमेश कार्की, प्रदेश महाधिवेशन प्रतिनिधि रमेश काफ्ले, २०७४ को प्रदेश सभा सदस्यको प्रत्याशी उम्मेदवार रेवतीरमण दुलाल, महाधिवेशन प्रतिनिधि सुरेन्द्र साहु  गुप्ता, महाधिवेशन प्रतिनिधि सुशीला खनाल र सोमराज बस्नेत (दिपेशजग बस्नेत)  नाम सिफारिस भएको छ ।
यसै गरी उपमेयरमा ४ जना पुरुष सहित ८ जनाको नाम सिफारिस भएको छ। पूर्व महासमिति सदस्य काशीराम चौधरी, क्षेत्र नं ४ सदस्य जयप्रसाद आचार्य, जिल्ला सदस्य तुलसा धमला, प्रदेश प्रतिनिधि दामोदर काफ्ले त्यस्तै २०७४ कि उपमेयरकी प्रत्याशी उम्मेदवार महाधिवेशन प्रतिनिधि पूजा धामी, काँग्रेसका अग्रज नेता पूर्व जिल्ला सल्लाहकार सदस्य भिखन चौधरी, महासमिति सदस्य ममता तामाङ योन्जन र महाधिवेशन प्रतिनिधि मुना अधिकारीको नाम सिफारिस भएको छ।